कावासोति, १५ असोज । बजाज मोटरसाइकलको आधिकारिक शोरुम कावासोतीको इन्द्रचोकमा रहेको चेकइन अटो प्रालिले ‘एभेन्जर १६० स्ट्रीट’ बिक्री शुभारम्भ गरेको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले आज शोरुममा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा चेकइन अटो प्रालिका राम शर्मा लामिछानेले युवाहरुलाई लक्षित गरेर बिक्री शुभारम्भ गरिएको सो मोटरसाइकल युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो । एन्टीकल ब्रेक सिस्टम जडान गरिएको सो मोटरसाइकलमा आकस्मिक ब्रेक लगाउँदा नघिस्रिने भएकाले दुर्घटना न्यूनिकरणमा समेत महत्वपूर्ण सहयोग पुर्याउने उहाँको भनाइ छ । आज लन्च गरिएको एभेन्जर १६० स्ट्रीटको इन्जीन अग्लो भएकाले जस्तो सुकै अप्ठ्यारो बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने लामिछानेले बताउनुभयो । रातो र कालो रङमा उपलब्ध सो मोटरसाइकलमा १३ लिटर पेट्रोल अटाउने क्षमता र ३.८ लिटर पेट्रोल रिजर्भमा रहने लामिछानेले जानकारी दिनुभयो । सो एभेन्जेर १६० स्ट्रीटको माइलेज प्रति लिटर ४० देखि ४५ किलोमिटर रहेको उहाँको भनाइ छ । यसको बिक्री मूल्य तीन लाख १९ हजार ९०० रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो ।
कावासोतीमा एभेन्जर १६० स्ट्रीट आज लन्च, भोलिबाट बिक्रि सुभारम्भ