गैंडाकोट ,नवलपुर। ब्लड डोनर्स सोसाइटी गैंडाकोट नगर तदर्थ समिती गठन गरिएको छ।ब्लड डोनर्स सोसाइटी नवलपुरको आयोजनामा आज गैंडाकोट नगरपालिका वडा न ८ मा रहेको ज्ञानकुन्ज इङलिस स्कुलको सभाहलमा सम्पन्न कार्यक्रमले रक्तदाता सुबास आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।
ब्लड डोनर्स सोसाइटी नवलपुरको अध्यक्ष भोजराज भुर्तेल किरणको अध्यक्षमा सम्पन्न कार्यक्रममा सोसाइटीका संस्थापक केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथि रहेका थिए।सर्वसहमत चयन गरिएको तदर्थ समितिको सदस्यमा चन्द्रमणी पौडेल,हेमा अर्याल काफ्ले,रिति श्रेष्ठ ,शंकर आचार्य ,हिरालाल अर्याल युवराज गुरुङ्ग ,सुजन अधिकारी चयन भएका छन।
जिल्ला सदस्य पवन भुर्तेलले संचालन गरेको नगर समिती गठन कार्यक्रममा ब्लड डोनर्स सोसाइटीका केन्द्रिय उपाध्यक्ष हरि न्यौपाने ,केन्द्रिय कानुनी सल्लाहकार,ज्ञानकुन्ज इङलिस स्कुलका प्रधानाध्यापक धन बहादुर गुरुङ्ग ,रेडक्रसकर्मी ,जिल्ला समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।तदर्थ समितिले एक महिना भित्र पुर्ण समिति गठन गरि पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।