खगेन्द्र पराजुली, नवलपुर । खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । नवलपुरको देबचुली १६ की १७ वर्षीया किशोरीको खोलाले बगाएर मृत्यु भएको हो ।प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बाख्रा चराउन नजिकैको जंगलमा गएकी जिममाया सारु मगर घर फर्कँदा टुनीखोला तर्ने क्रममा खोलाले बगाएर किनारामा फेला परेकी थिइन् । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।सोमबार दिनभर मौसम सामान्य रहेपनि दिउँसो ४ बजेतिर नवलपुरको पहाडी भागमा परेको पानीका कारण ठाडा र खहरे खोलाहरुमा एक्कासी ठूलो भेलसहित बाढी आएको थियो ।
नवलपुरमा खोलाले बगाएर किशोरीको मृत्यु