अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर दुई बर्राचौरमा रहेको आम्बारी माध्यमिक विद्यालयको चार कोेठे दुई तले भवनको बिहीबार बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसालले एक कार्यक्रम बीच शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रममा आम्बारी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुँवर बिहादी गाउँपालिक शिक्षा शाखा प्रमुख गोविन्द शर्मा आम्वारी माध्यमिक विद्यालयका प्र.अ गणेश शर्मा पौडेल बर्राचौरका जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,विभिन्न राजनीति दलका प्रतिनिधि र स्थानीयवासी को उपस्थित रहेको थियो । आम्वारी मावि गएको २०७२ वैशाख १२ र २९ गतेकाे गएको भुकम्पले क्षतविक्षत भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको चार काेठे दुई तले भवन र अपाङ्ग तथा छात्रा मैत्री शाैचालय सहितको नयाँ भवन निर्माण हुनेभएको छ । शिलान्यास कार्यक्रममा बिहादी गाउँपालिका का प्रमुख कमल प्रसाद भुसालले यतिबेला विश्वनै एउटा महामारीमा रहेको कारणले निर्माण कार्य ढिला हुन् पुगेको र अब भवन निर्माण समयमा नै हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर दुई बर्राचौरका वडाध्यक्ष समेत रहेका कुँवरले आम्बारी माविलाई बिहादी गाउँपालिकाकै नमुना विद्यालय बनाउने उदेश्यले आफू लागि परेको बताए । आम्बारी माविमा यस अगाडि ८ कोठा सहिदको भूकम्प प्रतिरोधात्मक भवन निर्माण भइ सकेको छ ।
विद्यालय भवन शिलान्यास