मोरङको केराबारीमा मंगलबार साँझ आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ ।केराबारी गाउँपालिका–९ का रामबहादुर गुरुङको घरमा आगलागी भएको हो ।
इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न स्थानबाट पुगेका दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगोले घरसहित घरभित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायतका सबै सामान जलेर ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ ।
घटनामा मानवीय तथा चौपाया क्षति भने भएन । आगलागीमा ७ लाख मूल्य बराबरको क्षति भएको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।