किरण भुर्तेल । कावासोती ,फागुन १७
मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिताको आजको खेलमा हन्टर हिटलर हटेला क्रीकेट क्लब गैडाकोट विजयी भएको छ।प्रतियोगिताको छैटौं दिनको आजको खेलमा कावासोती १३ को टिमलाइ ६ विकेटले पराजित गर्दै हटेला दोस्रो चरणमा प्रवेश गरेको हो।
कावासोती २ मा रहेको कुमारवर्ती खेलमैदानमा टस जितेर व्याटिङ रोजेको कावासोति १३ ले निर्धारित १२ ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।कावासोती १३ का लागि ब्याट्सम्यान किशोर पवालिले २६ बलमा ५४ रनको आक्रमक अर्धसतकिय पारी खेलेपनी जितको लागि त्यो प्रयाप्त हुन सकेन।
१३७ रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेको हटेलाले ११ बल बाकी रहदै लक्ष्य हासिल गर्यो।हटेलाको लागि खेलको म्यान अफ द म्याच घोषित कप्तान सगुन ढकालले १८ बलमा ३७ रनको आक्रामक पारी खेलेको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।खेलको प्रमुख अतिथी विजय फाउन्डेसन गैडाकोटको अध्यक्ष त्रीलोचन सापकोटाको हातबाट एम्पाएर राजा भट्टराईलाई बल हस्तान्तरण गरेर खेल सुरु गरिएको थियो।


प्रतियोगितामा भोलि पहिलो राउन्डको अन्तिम खेल विश्व हिन्दु युवा संघ नवलपुर र नवलपुर वारियर्सका विचमा हुने संयोजक भुर्तेलले बताए।कुल २० टिम सम्मीलित मेन्टर कपको विजेताले नगद ५१ हजार एक सय ५५ र उपविजेताले २५ हजार एक सय ५५ सहित ट्रफी प्राप्त गर्नेछन।