मान्छेले घर बिर्सनु हुन्न ,आँगन बिर्सनु हुन्न आमा, बुवा बिर्सनु हुन्न , जहान बिर्सनु हुन्न तिमीलाई जति सुकै दुख किन नपरोस् बफादारी बिर्सनु हुन्न , ईमान बिर्सनु हुन्न दुखमा सबैले कहाँ मन खोलेर मद्दत गर्छन् र? बुझ्नु मन्दिर बिर्सनु हुन्न ,भगवान बिर्सनु हुन्न कति पाठहरु त यि गल्लीहरुले पनि सिकाउछन् तिमीले आफन्त बिर्सनु हुन्न , दुश्मन बिर्सनु हुन्न बाबु तिमी जित्न जन्मिएका हौ यो धर्तिमा दौड उच्छिन्ने घोडाले मैदान बिर्सनु हुन्न कावासोती-१ नवलपरासी पुर्ब
गजल : सुदिप विश्वकर्मा