काठमाडौं, १९ भदौ । ट्रिनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल) क्रिकेटअन्तर्गत सन्दिप लामिछाने सम्मीलित टिम जमैका थालवाज सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति सेन्ट्स किट्स र जमैका थालवाज बिचको खेल वर्षाको कारण अवरुद्ध भएको थियो। उता वारियर्सले बार्बडोसलाई पराजित गरेपछी सन्दिपको टिम थालवाज स्वत सेमिफाइनल प्रवेश गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बार्बडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाएको थियो । उसका लागि जाभेन ग्लेनले मिचल सेन्टनर र निम योङले समान १८ रन बनाए । बार्बडोसलाई सस्तैमा रोक्न रोमारियो शेपहर्डले ३-३ विकेट लिए । वार्बडोसले दिएको ९० रनको लक्ष १४.२ ओभरमा ४ विकेट गुमाएर हासिल गरेको थियो। वारियर्स यसअघिनै सेमिफाइनल प्रवेश गरेको थियो।
सिपिएलमा सन्दिपको टिम सेमिफाइनलमा