किरण भुर्तेल,नवलपुर,भाद्र १८। नवलपुरमा बिहीवार थप २४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन।आज रजहरमा रहेको अस्थायी कोरोना हस्पिटल प्राकृतिक चिकित्सालयले आज एक प्रेसमा विज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएको हो। हालसम्म एकजनाको पनि मृत्यु नभएको नमुना आइसोलेसनबाट बिहिवार डिस्चार्ज हुनेहरुमा विनयी त्रिवेणि गाउपालिका वडा नं १,६ र ७ का ८ पुरुष र ३ महिला, कावासोती नगरपालिका वडा नं २, १६ र १७ का ५ पुरुष , गैंडाकोट नगरपालिका वडा २, ७ र १३ का ३ पुरुष र ३ महिला , हुप्सेकोट गाउपालिका वडा नं ३ का १ पुरुष र देवचुली नगरपालिका वडा नं ७ का १ पुरुष रहेको विज्ञप्तिमा उल्लेख्य गरिएको छ।
पुनः परिक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हुदा उनिहरुलाइ डिस्चार्ज गरिएको हस्पिटलका डाइरेक्टर बिनोद पौडेलले जानकारी दिए।हालसम्म प्राकृतिक चिकित्सालयबाट ३५४ जना सफल उपचार पश्चात् निको भएर घर फर्केका छन भने हाल १०८ जना संक्रमितहरुको उपचार भैरहेको पौडेलले बताए।
नवलपुरमा थप २४ जना कोरोनामुक्त