: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको थिएन।उपसभापतिमा गिराजा प्रसाद कोइराला पुत्री सुजाता कोइरालाले समेत मनोनयन दर्ता गराउदै छन।
काङ्ग्रेस सभापतिमा मनोनयन दर्ता गराउदै प्रकाशमान ,सुजाता पनि टिममा