कावासोती। पछिल्लो समय सामाजिक कार्यमा अत्यन्तै अग्रसर रहेका याम श्रेष्ठको परिवारले थप उदाहरणीय कार्य गरेको छ।कहिले खाद्यान्न अभाव भएकाहरुलाई खाद्यान्न वितरणमा सहभागी हुने,कहिले विद्यार्थीहरुलाइ आवश्यक कपिकलम उपलब्ध गराउने,आर्थिक अवस्था कमजोर भएका विरामी हरुलाइ आर्थिक सहयोग गरिरहेका श्रेस्ठ र धर्मपत्नी नमुना श्रेष्ठले लायन्स कल्ब अफ न्यु स्मार्ट सिटि अन्तर्गतको कम्युनिटी स्कुल स्कलरशिप कार्यक्रम अन्तर्गत कावासोती १ मा रहेको जलदेवी आधारभुत विद्यालयमा अध्यन गरिरहेका आर्थीक अवस्था कमजोर रहेका ५ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन।
कार्यक्रम अन्तर्गत ५ जना बालबालिकालाई उक्त विद्यालयमा अध्ययन गर्द सम्म लाग्ने कपि कलम ,ड्रेस ,झोला लगायतका शैक्षिक सामाग्री सम्पूर्ण श्रेष्ठ परिवारले व्यवस्थापन गर्ने याम श्रेष्ठले जानकारी दिएका छ्न।कार्यक्रममा बालबालिकाहरुलाइ कपि कलम झोला लगायतका शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो।पछिल्लो समयमा सामाजिक कार्यमा अत्यन्तै सक्रिय रहेका श्रेस्ठ लायन्स क्लब अफ काठमाडौ न्यु स्मार्ट सिटि क्लबका प्रथम उपाध्यक्ष रहेका छन भने धर्मपत्नी क्लबको सेक्रेटरी समेत रहेकी छ्न।
श्रेष्ठ दम्पतीद्वारा बालुवाडांडाका ५ बालबालिकाको अभिभावकत्व ग्रहण