पूर्वी नवलपरासीमा जिल्ला स्तरीय झमटा गित प्रतियोगिता हुने
गोविन्द नेपाली
८ असोज , कावासोति , नवलपुर ।
ईको टुरिजम यूथ क्लवको आयोजानामा थारु समुदाय को महान पर्व जितियाको अवसरमा झमटा गित प्रतियोगिता हुने भएको हो ।
क्लवले थारु जातिहरुको महान् पर्व जितिया पर्वको अवसरमा प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक मान महतोले बताउनुभयो । प्रतियोगितामा जिल्लाभित्र रहेका थारु समुदायहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता यहीँ असोज १२ गते कावासोती नगरपालिका १७ अमलटारीमा हुनेछ । वर्तमान समाजमा थारु समुदायहरुको सस्कृति लाई जिवन्त राख्न आफ्नो संस्कृतिप्रति सकारात्मक धारणा जगाउन प्रतियोगिता आयोजना गरिएको महतोले बताउनु भएको छ ।
प्रतियोगितामा प्रतियोगि १६ देखि २० जनाको समूह हुनु पर्ने, प्रत्येक समुहलाई ८ मिनेटको समय दिइने , झमटा गित ऐतिहासिक , पौराणिकका साथै जनगणना , चेतनामूलक र भाषा सम्वन्धि हुनु पर्ने र प्रतियोगिहरु थारु परम्परागत भेष भूषा अनिवार्य पहिरनु पर्ने मापदण्ड राखिएको छ । आयोजकका अनुसार छ सय रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । टिम दर्ता गर्दा रचना गरिएको गितको प्रतिलिपि आयोजकलाई दिनुपर्ने बताइएको छ । साथै प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित नगद रु बार हजार , द्वितियलाई आठ हजार , तृतियलाई पाँच हजार र सान्त्वनालाई दुई हजार पाँच सय रुपैयाँ को ब्यवस्था गरिएको छ । भने कार्यक्रम मा दुई लाख रुपैया खर्च हुने आयोजक क्लबले जनाएको छ कार्यक्रम पछि संकलित रकम बाट अमलटारि क्षेत्र मा जित बहान मन्दिर बनाउने घोषणा इको तुरिजम क्लब ले गरेको छ भने कार्यक्रम ले कला सास्कृती सङै प्रया पर्यटन मा समेत सहयोग पुग्ने बिश्वास लिइएको छ ।