असार२४, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातार आएको पानीका कारण सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको हो । डिभिजन वन कार्यालय नजिकै सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ । पानी अझै पनि नरोकिएकाले सडक तत्काल खुल्ने सम्भावना देखिएको छैन । यस्तै नवलपुरका अन्य बिभिन्न ठाउँ चोरमारा, कावासोती, गैंडाकोट लगायतका ठाँउहरुमा बाढी आउँदा घर भित्रै पानी पसेको छ भने क्षति पनि पगेको छ ।
कावासोतिमा सडक भासियो,राजमार्ग अवरुद्ध