२० बैशाख, जुम्ला । जुम्लामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटाका ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घट्नाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जुम्ला प्रहरीले जनाएको छ ।