पोखरा, १४ भदौ । स्याङ्जामा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गर्भवती सहित दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका–५ माझकोटमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुको उपचार पोखरामा हुदैछ ।
स्याङ्जामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु, २ घाइते