रसुवा – रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रसुवाको कालीका गाउँपालिका २ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका १ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका २७ वर्षीय दाजु ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको मृत्यु भएको हो ।
राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो । टिप्परमा कालीका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङ सहित तीन जना रहेका प्रहरीले जनाएको छ ।
दुर्घटना पछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खोजीपछि फेला पर्नुभएको प्छ ।