काठमाडौं -मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताएका छन् ।
हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग भएपनि उपलब्ध ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर भएको उनको भनाइ छ ।
यसरी हेर्दा काठमाडौंमा २४ सै घण्टा पानी दिन याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि मात्र सकिने बताए । हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग छ । हामीसँग उपलब्ध भनेको ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर आउने भन्ने कुरा छ ।
अहिले त साढे ८ करोड लिटर मात्रै आएको छ । १७ करोड लिटर पानी आएपछि २५ करोड लिटर हामीलाई हुनेछ । अझै पनि १८ करोड लिटर त पानीको अभाव हुनेछ । चौबीसै घण्टा पानी दिनका लागि पानी पर्याप्त भइसकेको छैन ।
त्यो पर्याप्तता याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि माग र आपूर्ति मिल्नेछ । तर, याङ्ग्री र लार्के धेरै ढिला हुने र काठमाडौं उपत्यकामा जनसंख्या फेरि बढ्दै जाने हो भने फेरि पनि समस्या आउन सक्छ ।
याङ्ग्री र लार्के सकेसम्म छिटो ल्याउन सकियो भने अहिलेको माग धान्नलाई सजिलो हुन्छ । चौबीसै घण्टा हामी पानी दिन पनि सक्छौं भनेर हामीले अनुरोध पनि गरिरहेका छौं । यही किसिमबाट अगाडि बढ्ने भन्ने सरकारको पनि कार्यक्रम छ भन्ने हामीले बुझिरहेका छौं ।
कारोबार दैनिकमा अन्तर्वार्ता छापिएको छ ।