रुपन्देही । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २३ जना महिला र २९ जना पुरुष रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २६ जना सहित रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलको निजी प्रयोगशाला (नेशनल प्याथ ल्याब) मा गरिएको परिक्षणमा शुक्रबार रुपन्देहीमा ५२ जना कोरोना संक्रमित थपिएका हुन् ।
शुक्रबार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी सिद्धार्थनगर नगरपालिकाका १८ जना रहेका छन् । त्यस्तै बुटवल उपमहानगरपालिकाका १७, ओमसतिया गाउँपालिकाका ८, तिलोत्तमाका ५, मायादेवी र शुद्धोधनका दुईदुई जना रहेका छन् । आज थपिएका संक्रमितसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ८६५ पुगेको छ ।
संक्रमण पुष्टि भएका मध्ये ३६० जना संक्रमण मुक्त भएका छन् भने ४९७ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।