(कृष्ण के सी) नवलपरासी — कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । क्याम्पसले लकडाउनको अवधिमा नपढाइकन विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै टायर बाली नाराबाजी गरेका छन् । आइतबार बिहानैदेखि विद्यार्थीले कलेजमा नाराबाजी गर्दै पठनपाठन ठप्प पारेका थिए । प्लस टु कल्याण मञ्चका विद्यार्थीबाट कलेजले लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद, शैक्षिक माफिया मुर्दाबाद जस्ता नाराका साथ बिरोधमा उत्रेका थिए ।
क्याम्पस प्रमुख मुक्तिराम पाण्डेका अनुसार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच केहीबेर अघि वार्ता सुरु भएको छ । कजेलको प्लस टुमा १५ सयभन्दा बढी विद्यार्थी रहेका छन् । यो क्याम्पस पठनपाठनमा देशकै उत्कृष्ट र विद्यार्थी संख्या धेरै भएको कलेजमा पर्दछ । क्याम्पसमा पहिलोपटक देखिने गरी आन्दोलन भएको हो ।
मध्यबिन्दु बहुमुखी क्याम्पसमा विद्यार्थी आन्दोलन :शुल्क फिर्ता गर्न माग