काठमाडौ ,भदौ १२। चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्। आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।
उद्योगपति तथा सांंसद विनोद चौधरीलाई कोरोना पुष्टि