पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रजहरमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका घाइते भएकी छिन् ।
सोमबार साँझ रजहर बजारमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र. ३–०२–००९ प ९४१७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँका शान्ति सुनारकी ४ बर्षीया बालिका रिया सुनार घाइते भएकी हुन् ।
उनी बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको रजहर प्रहरी कार्यालयका इनिस्पेकटर नीवन कुमार थापाले जानकारी दिनुभयो ।
बालिकाको टाउकोमा चोट लागेको र अहिले बालिकाको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।