दीपक भट्टराई, कावासाेती।
१६ पाैष काठ दाउरा खुलाउन माग गर्दै पुर्बी नवलपरासीमा बैज्ञानिक बन संजाल ले राजमार्गमा प्रदर्शन गरेका छन । नवलपुर बैज्ञानिक संजाल नवलपुरकाे अगुवाईमा सरकारले प्रतिबन्ध गरेकाे काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन । कावासाेती थकालीचाेक बाट शुरू भएकाे र्याली फलफुल चाेकमा रहेकाे डिभिजन बन कार्यलय अगाडि पुगेर प्रदर्शन गरेका थिए
गत जेठमा नेपाल सरकारकाे मन्त्री परिषद् बैठकले अर्काे ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान , बिक्री बितरण मा प्रतिबन्ध लगाएकाे थियाे
नवलपुर बैज्ञानिक बन संजालका अध्यक्ष मधु बिलास अधिकारीले सरकारले नेपालकाे काठ दाउरामा प्रतिबन्ध गरेर बिदेशबाट काठ आयात गर्न खाेजेकाे आराेप लगाए । नवलपुरमा ५० वटा बन बैज्ञानिक बन रहेका छन