दिपक भट्टराई ,भदौ ७, कावासोती । पुर्बी नवलपरासी व्यवसायिक,जनघनत्वका हिसाबले मात्र समृद्ध छैन, संस्कृति, कला र सम्पदाका हिसाबले पनि सम्पन्न छ । कला र संस्कृतिको धनी क्षेत्र मानिने नेपालकै मध्य भागमा रहेकाे नवलपुर विभिन्न जिल्लाबाट बसाई सरेर आउनेहरुको बाहुल्यता भएका कारण पनि नवलपुर नेपाली कला र संस्कृतिले समृद्ध रहेको छ बसाई सरेर आएको वषौं बितेपनि नवलपुरका स्थानीयले लोक कला, लोक भाका र लोक संस्कृतिलाई जीवन्त राखि नै रहेका छन् । समय फेरिँदै जाँदा लोक भाकाका शब्दहरु अवश्य फेरिएका छन् तर लय र संगीत फेरिएको छैन । हरेक वर्ष तीज नवलपुरका लागि मौलिक कला र संस्कृति प्रदर्शन गर्ने सुन्दर अवसर बनेर आउने गर्दथ्यो । प्रत्येक टोल टाेलमा तीज आउनु अघिनै मादलका आवाजहरू घन्किन्थे। नवलपुरका विभिन्न संचार गृह , संघ संस्था हरूकाे तिज कार्यक्रम गर्ने तछाड मछाड नै हुन्थ्याे । तीजको अवसरमा नवलपुर का मुख्य बजार हरूमा नाच र गानले धपक्क बाेलेकाे हुन्थाे तीजमा नवलपुरका जुन टोल, जुन गल्ली, जुन चौकमा गए पनि मादल घन्कन्थ्यो । रङ्गिविरङ्गी फरियामा सजिएका नेपाली नारीहरु वर्षौदेखि मनमा गुम्सेका भाका समुह बनाएर गुन्जाउँथे । तर यस पटकको तीज विगतका वर्षमा जस्तो हुन सकेन । विश्वभर माहामारीको रुप फैलिएकाे कोरोनाका कारण नवलपुरका मुख्य बजारहरू कावासाेती , प्रगतिनगर , गैडाकाेट, डन्डा अरूणखाेला , दुम्किबास ,रजहर लगाएतका बजारहरू सुनसाननै बने न त मादल घन्के, नत चेलीबेटीको आवाज नै गुन्जियो सबै राजनितिक दल संघ संस्था , संचार गृहकाे केन्द्र बनेकाे नवलपुरकै कावासाेतीकाे खुला चाैर यसपाली तिजकाे अवसरमा सुनसान नै बन्याे ठुला ठुला स्पिकर राखेर ख्यातिप्रात कलाकारकाे उपस्थितिमा हरेक बर्ष संचार गृहले कार्यक्रम गर्दै आईरहेका थिए तर यसपाली कावासाेती खुल्ला चाैर एक्लिएकाे छ । विभिन्न दल, संघ संस्था र संचार गृहकाे पहिलाे राेजाई पर्ने खुल्ला चाैर ६ महिना देखि सुनसान छ । संचार गृह र संचार कर्मीलाई पनि यस बर्षकाे तिज खल्लाे लागेकाे छ । कोरोना माहामारीका कारण गत ६ महिना देखि खुल्ला चाैरमा कार्यक्रम हुन सकेकाे छैन । नेपाल प्रहरी काे स्वामित्वमा रहकाे खुल्ला चाैरमा कार्यक्रम गर्नेकाे सधै भिडभाड हुने गर्थाे तर अहिले कुनै कार्यक्रम हुन सकेकाे छैन । नवलपुरका विभिन्न कला र संस्कृती काे प्रर्दशन गर्ने स्थान बनेकाे खुल्ला चाैर यसपालीकाे तिजमा शान्त नै देखियाे ।बर्षाै पछि पहिलाे पटक खुल्ला चाैर शान्त बनेकाे छ । मानिसकाे बढि आवाज जावत हुने भएकाले पनि खुल्ला चाैर सबैकाे केन्द्र बन्ने गरेकाे थियाे । खुल्ला चाैर कावासाेती बासी काे केन्द्र मात्रै थिएन । एउटा दुख बिसाउने चाैतारी पनि थियाे ।समय समयमा हुने सांस्कृतिक कार्यक्रमले कावासाेती बासी लाई मनाेरन्जन प्रदान गर्दै पनि आएकाे थियाे । तर ६ महिना देखि खुल्ला चाैर बाट हुने मनाेेरन्जन कावासाेती बासीले लिन पाएका छैनन । खुल्ला चाैरले मनाेरन्जन मात्रै हाेईन ब्यवसाहिक क्षेत्रमा पनि सहयाेग पुर्याउदै आएकाे छ । चाैरमा हुने भिड भाडले कावासाेतीमा रहेका केही ब्यवसायलाई पनि फाईदा पुर्याउदै आएकाे थियाे तर त्याे पनि हाल बन्द छ । खुल्ला चाैर जहाँ तीजका दिन महिलाहरुको मेला जस्तै लाग्दथ्यो । बाटाभरी आइसक्रिम, बरफ र विभिन्न परिकारहरु किनेर खाँदै सडकमा रमाईलो हेर्न हिँड्ने वरी परीका हाेटल रेस्टुरेन्ट मा खाने काे भिडभाड र भिडले ट्राफिक ब्यवस्थापन नै अस्तव्यस्त बन्ने गर्दथ्यो । तर यसपटक ती बिगतका वर्षहरुको रौनक सबै कोरोना कै कारण हुन सकेन सडकमा निस्केर साथीसङ्गीहरुसँग हात समातेर बजार घुम्ने रहर बोकेका कावासाेतीका किशोर किशोरीहरु काेरनाका कारण घर मै बस्न बाध्य बने । जहाँ विगत वर्षहरुमा कावासाेतीका हजाराैबासीहरू तिज हेर्न खुल्ला चाैर निस्कन्थे । किनकी पहिल्लाे राेजाई नै खुल्ला चाैर बन्ने गर्थ्याे । । कस्को नाच कति राम्रो भनेर हेर्नेहरुको भीड पनि उत्तिकै हुन्थ्यो तर यस वर्ष कावासाेतीकाे रौनक पनि कोरोनाले निल्यो । हाम्रो कला संस्कृति र मौलिकतामाथि कोरोनाले धावा बोल्यो । कोरोनाको कै कारणले कला र संस्कृति मन भित्रै लुकाएर बस्न स्थानिय बासी बाध्य भए । खुल्ला चाैरमा देखीने तमक झमक यस पालि बन्द काेठा भित्रै सिमित हुन पुग्याे पछिल्लो समय तीजकाे माैलिकता हराउदै गएपनि कावासाेतीकाे खुल्ला चाैरले मौलिकता प्रदान गर्दै आएकाे थियाे । तर ती सबै मौलिकता यस वर्ष कोरोनाकै कारण रोकिएपछि तीजकै दिनमा भए पनि नेपाली परम्परा र संस्कति हेरेर सिक्न चाहने नयाँ पुस्तालाई त्यो अवसरबाट समेत वन्चित बनाएको छ । आशा गराै काेरनाकाे असर सगै शान्त बनेकाे खुल्ला चाैर काेरनाकाे अन्त्य सगै फेरि ब्युझिनेछ
कावासाेतीकाे खुल्ला चाैर जुन यसपालीकाे तिजले सम्झिएन