महिला हरुको सबै भन्दा महत्त्वपूर्ण पर्व हरितालिका तिजको अवसरमा मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले सम्पुर्ण नगरबासिमा शुभकामना सन्देश दिएका छन।उनले दिएको शुभकामना सन्देशको सार : "महिलाहरुको बिशेष पर्व हरितालिका तीज २०७७ को पावन अवसरमा नगर, स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनीहरुमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा रहेको यस पर्वमा नेपाली दिदिबहिनिहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहि आएको छ । यस्ता पर्वले नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकआपसमा घरमा नै बसी सामाजिक दुरी कायम गर्र्दै खुसी साटासाट साथै विकृती एवम् फजुल खर्च रहित रुपमा मनाउन आग्रह गर्दछु। लोकतान्त्रिक संस्कार र सँस्कृतिको विकासका लागि यस्ता चाडपर्वहरु उपलब्धिमुलक वन्न सकुन भन्ने विश्वास ब्यक्त गर्दछु। दिदिबहिनिहरु माइतिमा भेट भै सुख दु:ख साटासाट गर्ने पर्व भएतापनि बिश्वलाई नै आक्रान्त बनाएको कोभिड - १९ को कारणले सजग भै आफ्नो र आफन्तिजनको स्वास्थ्यको समेत जोखिम बुझि विगतमा जस्तै यस वर्ष तीजलाई रमझम, मनोरञ्जन, हर्षोउल्लास्, भिड्भाड् र बिबिध कार्यक्रम गरी नमनाई, आफ्नो यथास्थानमा नै बसी कोभिड - १९ महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सम्पूर्ण नगरवासिहरुमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते
महिलाहरु विषेश पर्व हरितालिका तिजको अवसरमा मध्यविन्दु नगरप्रमुख रानाद्वारा नगरबासिमा शुभकामना