संजय कुशवाहाल / नवलपरासी २९ कार्तिक
पश्चिम नवलपरासीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
शुक्रबार प्रतापपुर गाउँपालिका वडा न. ५ बसहियामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको हो । लक्ष्मीको मुर्ति लिएर भुजहवा जाँदै गरेको लु १ त ७९४२ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको साइकलमा ठक्कर दिदा साइकल पछाडि सवार दस बर्षिय बालक अमित लोनिया गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपता लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।
मृतक बालक अाफ्नो अामा संग मामा घर बसहिया अाएका थिए । अहिले ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।