प्रिय धन , हुप्सेकोट १५ कार्तिक २०७७ पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका का कृषक चिन्तित भएका छन् । यस वर्ष सोचे जाती धान नफलेपछि त्यहाका कृषक चिन्तित भएका हुन् । गत वर्ष १५ मुरी धान फालेको खेतमा यस वर्ष ९ मुरी मात्रै फलेको हुप्सेकोट गाउँपालिका ३ वेलहानी का कृषक तेज प्रसाद पाण्डेले बताउनुभयो । सावित्री धानाको तुलनामा सामा लगायतका धानको उत्पादनमा कमी आएको अर्का कृषक ओम बहादुर फाल मगरले बताउनुभयो । बिगतको वर्षमा भन्दा यस वर्ष अधिक पानी परेकाले धान सप्रिन नसकेको फलस्वरूप धान उत्पादनमा कमी आएको हुन सक्ने अर्का कृषक डोलराज पाण्डेले बताउनुभयो । युरिया मल छर्ने समयमा मल नपाएको र केही दिन ढिला हुनासाथ धानमा राते तथा सेते रोग लागेर राम्ररी पसाउन नसकेको हुप्सेकोट गाउँपालिका का कृषि कन्सल्टेन्ट राजेन्द्र गौडेल ले बताउनुभयो । साथै अन्य जिल्लाको तुलनामा नवलपुर लाई कम क्षति भएको अनुमान गरिएको पनि गौडेल ले बताउनुभयो । भर्खरै धान काट्ने काम सुरु भएकाले यति नै क्षति भयो भएर यकिन गर्न नसकिने गौडेल को भनाइ छ
यस वर्ष धान उत्पादनमा कमी आउँदा हुप्सेकोट का कृषक चिन्तित