असोज १५ , चोरमारा । मध्यविन्दु नगरपालिकाकी उपप्रमुख ओमकुमारी महतोले असोज ७ र ८ गते आएको अविरल वर्षाले नगरपालिकाको विभिन्न स्थानमा पु¥याएको क्षतिको स्थलगत अनुगमन गर्नु भएको छ । उहाँले गिरुवारी खोलाले क्षति पु¥याएको मध्यविन्दु–९ को भिमरेनी सिमरेनी वडा न १३ को मगरसिह , वडा न ८ को झलुगे पुल , वडा न ६ को डाइर्भसन , १५ को भिठ्ठा तर्फको क्षेत्रको अवलोकन गर्नु भएको हो । असोज ७ र ८ गते वर्षाले गिरुवारी खोलाको सो क्षेत्रमा लगाइएको ग्याविनमा क्षति पु¥याएको छ । जाईकाले निर्माण गरेको ग्याविन खोलाले धार परिवर्तन गर्दै क्षति गरेको हो । यस्तै आज नै उहाँले मध्यविन्दु–११, १२ र १५ को विभिन्न स्थानमा अरुणखोलाले पु¥याएको क्षतिको अवलोकन समेत गर्नु भएको हो । सो क्रममा उहाँले स्थानीय बासिन्दाहरुसंग छलफल गर्ने अबसर पनि अनुगमनबाट नै मिलेको भन्दै खोलाबाट हुन सक्ने क्षतिको दर्घकालिन व्यवस्थापनका लागि अवलम्वन गर्न सकिने उपायहरुका बारेमा छलफल गर्नु भएको थियो । उपप्रमुख ओमकुमारी महत्तोको नेतृत्वमा गएको अनुगमन टोलीमा वडाअध्यक्षहरु इन्जीनियर माधब प्रसाद देबकोटा , सब इन्जिनियर ,लगायतकाको सहभागिता रहेको थियो ।
मध्यविन्दु नगरपालिका उपप्रमुख महतोद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन.