धनीराम काेरी, कपिलबस्तु । कपिलवस्तु जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ्य तथा मर्यादित किट केयर नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरेको छ । कोभिड १९ को महामारीबाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्यबाट किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको हो ।
केयर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त साझेदारीमा सञ्चालित 'अब मेरो पालो' कार्यक्रम अन्तर्गतका क्षेत्रमा स्थानिय जनप्रतिनिधीहरुको रोहबरमा किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको हो ।
जिल्लाको ६ वटा स्थानिय तह अन्तर्गत ४३० जना किशोरीहरुलाई किटहरु वितरण गरिएको हो । ब्यागसहित वितरण गरिएको प्रत्येक किटमा जम्मा १९ थान दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन् ।
प्रति किटमा १ थान टिसर्ट, सुरुवाल, दुपटटा, काईंयो, साबुनदानी, २ थान कपडा धूने साबुन, १ थान टर्च, ब्रस दन्तमंजन, २ थान नुहाउने साबुन, १ थान सेनिटाईजर, सेनिटरी पैड, रुमाल, १ सेट चप्पल, ब्याग लगायत सामानहरु रहेको छ । कृष्णनगर न. पा. वडा नं १२ ठकुरापुरमा २६ जना, विजयनगर गाउँपालिका अन्तर्गत वडा नं.१ को जावाबैराठ मा १५ जना, वडा नं.२ को लोहरौलामा २६ जना, वडा नं. ३ को पथरदेइयामा २१ जना, जगदीशपुर डगडउवामा २६ जना, वडा नं. ५ को जुगुनियामा २७, डालपुरमा २७ जना किशोरीहरुले किट प्राप्त गरेका छन् ।
त्यस्तै शिवराज न.पा. अन्तर्गत चन्दौटा, पर्सिया तथा लालपुरका गरी जम्म ७३ जना किशोरीहरुले किट प्राप्त गरेका छन् । बुद्धभूमि नगर पालिका अन्तर्गत वडा नं २ को बडहरा, गोरुसिंहे तथा वडा नं ६ को महुवा गरी ९१ जनाले उक्त किट प्राप्त गरेका छन् । महाराजगंज न. पा. अन्तर्गत महराजगंज, औरहवा, पिपरी, उनवलिया, गैडवहवा मध्ये ७८ जनालाई किशोरी स्वास्थ मर्यादित किट वितरण गरिएको थियो ।
सामाग्री वितरणका लागि संस्था तर्फबाट संस्थाका अध्यक्ष राम शरन रैदास, उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्टु कोरी लगायतको टिमले किट वितरण तथा सरोकारवालासँग सम्पर्क समन्वयमा भुमिका खेलेका थिए भने कार्यक्रम संयोजक गोविन्द धवल र अनुगमन तथा मुल्याकंन सुपरभाइजर संगिता चौरसियाले सामाग्री वितरणका लागी ब्यवस्थापन कार्य गर्नु भएको छ ।
साथैं अझै केही स्थानमा वितरण गर्नु पर्ने रहेको छ । यो संस्थाले किशोरीकिशोर, महिला, अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेको छ ।