रन्जीत शर्मा / नवलपरासी / २९ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संवाद किशोर किशोरी सञ्जालकाे अायाेजना तथा ए बि सि नेपाल ,स्ट्राेम फाउन्डेसन र सरावल गाउँपालिकाे सहयोगमा बाल दिवस काे अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सन्वाद किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्ष्ाता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथिक्ता, उपाध्यक्ष उत्तमा राय को बिशिस्ट अतिथिक्ता तथा ,प्रमुख प्रसाशकिय अधिकृत बुध प्रकाश पाैडेलकाे विशेष अतिथिक्तामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई उद्द्घाटन गर्दै प्रमुख अतिथि चाैधरीले यस बाल दिवसकाे अवसरमा बाताबरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रमबाट काेराेना भाईरस बाट बच्ने उपायहरुकाे साथै बाल अधिकारका विभिन्न काम कर्तव्य जान्नुको साथै बाल मैत्री अभियानमा लाग्ने उत्तप्रेरणा सहित जागरुप हुने बताउनु भएको छ ।
कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि रायले बालबालिका लाइ राम्रो व्यवहारकाे अावश्कता भएकोले हामी ले एक जुट भएर बाल मैत्री अभियानमा लाग्नु पर्नेमा जोड दिदै बालबालिका लाई सक्दाे बालश्रम ,बालविवाह , बाल हिन्सा तथा लागू पदार्थ बाट मुक्त गराउने तर्फ लाग्नु पर्ने बताउनु भएको छ ।
साथै कार्यक्रमलाई सम्बोधन गर्दै संकल्प प्रतिष्ठानका अध्यक्ष सुशान्त घिमिरेले बाल मैत्री स्थानीय शाशन अभियानमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए। कार्यक्रमलाई समापन गर्दै सञ्जालका अध्यक्ष यादवले काेराेना महामारि लाई मध्य नजर गर्दै बिपतमा बाल अधिकार काे सुनिश्चितता हामी सबैकाे साझा प्रतिबधा भन्ने मुल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस काे अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रमबाट सरसफाइ गर्नु पर्छ भन्ने सचेतना पुग्नुका साथै गरिब बालबालिका लाई लक्षित गरि बाल सश्रम ,बाल बिवाह , बाल हिन्सा बाट मुक्त गराउने र बाल मैत्रि अभियानमा टेवा पुय्राउने बताउनु भएको छ ।
संवाद किशोर किशोरी सञ्जालकि सदस्य दुर्गा बिककाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा अतिथिहरुकाे रुपमा नेपाल रेडक्रस साेसाईटि बालपुरि उपशखा सचिव सञ्जय माैर्य , कृषि शाखा प्रमुख कुलदिप मिश्रा , स्वास्थ शाखा प्रमुख अाेमनारायन देवकोटा , घेरेलु तथा साना उद्योग ब्यसायि सरावलका अध्यक्ष जन्मजय यादव , समाजिक अभियानता माेहम्मद ईजहार शेष , पत्रकार उमेश बिक , समाजसेवी सुशीला हरिजन तथा किशोर किशोरीहरु लागायतकाे सहभागी रहेको थियो । कार्यक्रम सञ्चालन संवाद किशोर किशोरी सञ्जालका काेषाध्यक्ष सन्दिप बिक ले गर्नुभएको थिए ।