शशी पौडेल , साउन ३० पोखरा । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा शुक्रबार गरिएको परीक्षणका क्रममा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तनहुँको व्यास नगरपालिका–१ की वर्ष ६९ की महिला रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्ती मार्फत जानकारी दिए । आज संक्रमण पुष्टि भएकी संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याइएको निर्देशक डा शर्माले जानकारी दिए । शुक्रबार बिहानमात्रै तनहुँका २० र स्याङ्जाका एक गरि २१ जनामा कोरोना संक्रमण भएको थियो । शुक्रबार मात्रै प्रदेशमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म प्रदेशमा कारोना संक्रमितको संख्या १ हजार ६ सय ८२ पुगेको छ । गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा ८३० नमुना परीक्षण र पोखरा स्वास्थ्य विज्ञान केन्द्रमा ३९ गरि ८६९ नमुना परीक्षण गरिएको निर्देशनालयले जानएको छ । प्रदेशमा कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ५०९ रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण