विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा भएको आगलागी लगभग नियन्त्रणमा आएकाे छ ।प्रहरीका अनुसार करिब १२ बजेबाट सुरु भएकाे आगाे दिउँसाे साढे २ बजे नियन्त्रणमा आएकाे हाे । आगलागीमा परी एक जना बालिकाको शव जलेको अवस्थामा फेला परेको छ । आगलागीकै क्रममा बेपत्ता भएका बालक सकुशल फेला परेका छन् ।
धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा दुई बालबालिका परेकाे स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको थियो । आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ । आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । प्रहरीका अनुसार आगलागीमा परी ९ वटा घर जलेका छन् ।