कावासोती ,माघ ४ । नवलपुरको सदरमुकाम कावासोतिमा निरन्तर चोरिको घटना बढेपछी स्थानीय तथा व्यवसायीहरु त्रसित भएका छन।केही समय अगाडि कावासोती ३ मा रहेको फ्यामिली मार्ट ३ पटक सम्म चोरी भएको घटना सेलाउन नपाउदै फेरि विशाल मोबाइलमा पसलनै खाली हुनेगरी चोरी भएपछी सुरक्षा चिन्ता बढेको हो।
प्रहरी कार्यालयबाट नजिकै यस्ता चोरिको घटना निरन्तर बढ्दा आफुहरु असुरक्षित महसुस गरेको भन्दै व्यवसायीहरु पसल बेचेर विदेश पलायन हुने मनस्थितिमा पुगेको विशाल मोबाइलका संचालक विशाल तिवारीले बताए।नगरपालिकाले सिसिटिभी जडान गर्ने ,पुलिसले निरन्तर गस्ती बढाउने गरेमा यस्ता घटना कम हुने र व्यवसायीले सुरक्षीत महसुस गर्दै आफ्नो व्यापार व्यवसाय संचालन गर्न सक्ने अवस्था सिर्जना हुने भन्दै सिसिटिभी तुरुन्त जडान गर्नुपर्ने शिवशक्ती टोल विकास संस्थाका अध्यक्ष कर्ण जिसिले माग गरे।प्रहरीको मात्रै एकल प्रयासले शान्ति सुरक्षा कायम गर्न गारो हुने भन्दै स्थानीयको सहयोगमा प्रहरीले चोरी घटना न्यूनीकरणमा लाग्नु पर्ने कुरामा उच्च अदालतका पुर्व न्यायाधीस तथा कावासोती नगरपालिकाका कानुनि सल्लाहकार ऋषिराम अधिकारीले जोड दिएका छन।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वका सुचना अधिकारी डिएसपी जेसि शाहले प्रहरीले चोरीका घटना न्यूनीकरण गर्न तथा चोरीमा संग्लनहरुलाइ समातेर कानुनी कारबाही गर्न हरसंभवम प्रयास गरिरहेको जानकारी दिएका छन।जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय कावासोती आसपास घटेका ११ चोरीमा घटनाहरु मध्य १० वटा केसमा संलग्न २० जना पुरुष र २ जना महिला आरोपित चोरहरुलाइ पक्रेर मुद्दा चलाइएको जानकारी दिएको छ।पाछिल्लो समयमा भएको चोरिमा संलग्न चोरहरुको पनि खोजि कार्य तिव्र रहेको भन्दै नगरपालिकाहरुले मुख्य मुख्य चोकहरुमा सिसिटिभी जडान नगर्दा यस्ता घटना न्यूनीकरण तथा नियन्त्रणमा समस्या आएको प्रवक्ता साहाले बताए।
चोरी लगायतका घटनाहरु न्यूनीकरणको सन्दर्भमा नगरपालिकाले गरिरहेको पहलका बारेमा कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसाललाइ सम्पर्क गर्दा नगरपालिकाले अहिले सिसिटिभी जडानको संदर्भमा कुनै निर्णय नगरेको हुदा कुनै बजेट व्यवस्थापन नभएको भन्दै प्रहरीले तथ गस्ती बढाउन सके यो समस्या समाधान हुन सक्ने तर्फ जोड दिएका छन।चोरी तथा अन्य अपराध न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहका प्रमुख वा प्रतिनिधि तथा जिल्ला स्थित सरोकारवालाहरुको मिटिङ राखी मुख्य ठाउमा सिसिटिभी जडानका लागि अनुरोध गरिए पनि गैडाकोट बाहेक अन्य पालिकाले कार्यन्वयन नगर्दा चोरी लगायतका घटनाले सुरक्षा चुनौती कायम रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले स्विकार गरे ।
निरन्तरका चोरी घटना प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय लाई निरन्तर दबाब दिदै आएको जानकारी गराउदै नगरपालिकाले सिसिटिभी जडान गर्न पहल गरेमा आवश्यक समन्वय तथा सहयोग गर्न उद्योग बाणिज्य संघ नवलपुर तयार रहेको अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले बताए।