काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोमा पुरिएका छन् । पहिरोले गाडी बगाउदा करिब ६५ जना यात्रु बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ०३:३० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा बिरगन्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौर तर्फ जांदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको छ । हाल पहिरोको कारण बाटो दुबै तर्फ अबरोध रहेको छ ।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । बस चालक नवलपरासी सुनवल ४ बस्ने मेगनाथ बिक गम्भीर घाइते भएकोमा उपचारको लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।