असार,१४ ,देवचुली । नेपाली काङ्ग्रेस देवचुली नगर भित्रका वडा सभापतिहरुको आयोजनामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।देवचुली नगरपालिका वडा न ३ मा रहेको वहुउद्देशिय योग तथा सामुदायिक भवन,आम्बास चोकमा कार्यक्रमको आयोजना गरिएको थियो।
देवचुली नगरपालिका वडा न ३ का सभापति देवेन्द्र शर्मा चापागाईंको अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रममा ३३ पुरुष र ७ महिला गरि जम्मा ४० जनाले रक्तदान गरेका छ्न।वडा सभापतिहरुको नियमित बैठकको अवसरमा सामाजिक कार्यक्रम गर्ने उद्देश सहित रक्तदान कार्यक्रम गरिएको वडा न ३ का सभापति देवेन्द्र शर्माले जानकारी दिएका छन।
नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र न १ का क्षेत्रीय सभापति अमृत भट्टचन प्रमुख अतिथी रहेको कार्यक्रममा स्वागत मन्तव्य कृष्ण चन्द्र बस्ताकोटिले राखेका थिए भने कार्यक्रममा देवचुली तिनका वडाध्यक्ष होमनाथ पौडेल र रक्तसञ्चार सेवा नवलपुरका अध्यक्ष बाबुराम कंडेलले पनि आफ्नो धारणा राखेका थिए।कार्यक्रमको सहजीकरण इन्द्र घिमिरेले गरेका थिए।