कावासोती ,नवलपुर। कावासोती नगरपालिका शिक्षा शाखाले नगर अन्तर्गत रहेका सम्पूर्ण संस्थागत (निजि ) विद्यालय हरुलाइ संख्याको आधारमा प्रदान गर्नु पर्ने निशुल्क आरक्षण प्रदान गरि विवरण पेश गर्न निर्देशन दिएको छ।
नगर शिक्षा समितिको चैत्र २८ गते बसेको बैठकले सम्पुर्ण संस्थागत विद्यालयहरुलाइ तीन बुदे निर्देशन जारी गरेको हो।शिक्षा शाखाले सम्पुर्ण विद्यालयहरुलाइ शिक्षा नियमावली २०५९ अनरुप कार्य गर्न निर्देशन दिएको हो।
नगर शिक्षा अधिकृत राजन पाण्डेद्वारा हस्ताक्षर गरिएको निर्देशन पत्रमा सम्पुर्ण विद्यालयलाइ शिक्षा नियमावलीलाई मध्यनजर गर्दै अधिकतम अभिभावकको सहमतिमा शुल्क निर्धारण गर्न, विद्यार्थी संख्याको आधारमा आरक्षण कोटा सुनिश्चित गर्न तथा पुस्तक ड्रेस लगायतका शैक्षिक सामाग्री खरिद विक्री विद्यालयले नगरी अभिवावक तथा विद्यार्थीहरुले आफ्नै हिसाबले इच्छाइएको पसलहरुमा खरिद गर्ने वातावरण मिलाइ उक्त कुराको जानकारी नगर शिक्षा शाखामा गराउन निर्देशन दिएको हो।