कावासोती ,फागुन २६ । मेन्टर एजुकेसन कावासोतिले आयोजना गरेको मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रीकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज सम्पन्न भएको छ।आज कुमारवर्ती कलेजको खेल मैदानमा दिउँसो २ बजेबाट कुमारवर्ती स्ववियु र रजहर क्रीकेट क्लब रजहरका विचमा सम्पन्न खेलमा रजहरले ६७ रनको फराकिलो जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।

टस हारेर पहिले व्याटिङ गरेको रजहरले निर्धारित २० ओभर पुरै खेल्दै २६२ रनको विशाल लक्ष्य पेश गरेको थियो।रजहरका लागि ब्याट्सम्यान कुनाल बस्नेतले १२७ रनको उत्कृष्ट पारी खेल्दै प्रतियोगिताकै पहिलो शतक प्रहार गरे ।
२६२ रनको विजयी लक्ष्य बोकेर जवाफी व्याटिङमा उत्रेको कुमारवर्तिले पुरै १० विकेट गुमाएर १९४ रन मात्रै बनाएपछी रजहरले सहज जित दर्ता गर्न सफल भएको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।खेलमा ६४ रन प्रहार गर्दै ४ विकेट समेत लिएका रजहरका सुदिप अर्याल म्यान अफ द म्याच घोषित भएका थिए।