नवलपुर, साउन १०। लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष लायन शिव खड्काले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन। साउन १० गतेका दिन हुप्सेकोट ४ मा रहेको शिक्षा वोधनि माविमा अध्यनरत ३० जना आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई कापि कलम लयायताका सामाग्री वितरण गरिएको कार्यक्रमका संचालक तथा क्लबका प्रथम उपाध्यक्ष लक्ष्मण रिजालले जानकारी दिए।
जन्मदिनमा अनावश्यक फजुल खर्च गर्नुभन्दा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुको शैक्षिक उन्नतिमा सहयोग होस भन्ने हेतुले आफुले शैक्षिक सामाग्री सहयोग गरेको अध्यक्ष खड्काले बताए ।कार्यक्रममा विद्यार्थीहरु,विद्यालयका शिक्षकहरु तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका सदस्यहरुको उपस्थिति रहेको थियो।
जन्मदिनमा लायन खड्काद्वारा शैक्षिक सामाग्री वितरण