कावासोती ।आफ्नो जन्मदिनको अवसरमा लायन्स क्लब कावासोतिको संस्थापक सह-कोषाध्यक्ष लायन खगिसरा न्यौपाने बस्यालले शैक्षिक सामाग्री वितरण गरेकी छन।आफु रोजगारिको शिलशिलामा पोर्चुगल रहेतापनी कावासोती ७ मा रहेको सुर्योदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री सहयोग गरेकी हुन।२९ वसन्त पार गरेर ३०बर्षमा लागेकी उनले आफ्नो जन्मदिन जिवनको सबैभन्दा महत्त्वपूर्ण दिन भएकोले अन्य फजुल खर्च गर्न भन्दा आर्थिक रुपमा कमजोर विद्यार्थी हरुलाइ केही सहयोग होस भन्ने हेतुले कार्यक्रम गरेको बताउछिन।उनले विगतका वर्षहरुमा पनि आफ्नो जन्मदिनको उपलक्ष्यमा विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएकी छन।शैक्षिक सामाग्री वितरण कार्यक्रममा कपि ,पेन्सिल,कलर लगायतका शैक्षिक सामाग्री विद्यालयमा अध्यनरत सबै विद्यार्थीलाई वितरण गरिएको थियो।
लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेलको अध्यक्षता सम्पन्न कार्यक्रम संस्थाका सचिव शिव खड्काले गरेका थिए।कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भुर्तेलले जन्मदिनको अवसरमा सहयोग गर्ने लायन खगिसरा न्यौपाने बस्याललाइ धन्यवाद तथा शुभकामना दिदै विद्यालयलाइ समेत धन्यवाद दिएका थिए।संस्थाका हाउस कोर्डिनेटर मिलन बोहोरा ,विद्यालयका शिक्षीका हरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको अन्त्यमा बोल्दै विद्यालयका प्रधानाध्यापक खेमानन्द बस्यालले कार्यक्रमका लागि विद्यालयलाइ चयन गरेकोमा संस्थालाइ धन्यवाद ज्ञापन गरेका थिए।
जन्मदिनमा लायन बस्यालद्वारा शैक्षिक सामाग्री सहयोग