माघ १२, नवलपुर । नेवि संघ नवलपुरले मौनधारण तथा विरोध कार्यक्रम सम्पन्न गरेको छ।नवलपुरको सदरमुकाम कावासोतीमा आज दिउँसो केही दिन अघि आत्मदाहा गरेका प्रेम प्रसाद आचार्यको स्मृतिमा मौन धारण तथा सरकार विरुद्ध नेवि संघले प्रदर्शन गरेको हो।
आचार्यले लामो समयसम्म देशैमै रहेर व्यवसाय गर्दै आउदा सबै तिरबाट लुटिएको र आफ्नो सबै सम्पत्ति सकिएर ऋण लागेको भन्दै राज्यविरुद्दको क्रान्तिको सुरुवात गरेको भन्दै लामो स्टाटस लेखेर आफैलाइ जलाएर आत्मदाह प्रयास गरेका थिए।घटना पछि हस्पिटल लगिएकोमा भोलिपल्ट उनको मृत्यु भएपछी पछिल्लो समयको राजनैतिक प्रणाली र राज्यको निरिहताले उनले आत्मदाह गरेको भन्दै सरकार र राजनैतिक दलहरुको चौतर्फी आलोचना सुरु भएको छ। यसै सन्दर्भमा आचार्यको मृत आत्माको चिर शान्तिको कामना सहित आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा देशमै उद्दम गरेर खाने बाताबरण बनाउन तर्फ सरकार लागोस भन्दै खबरदारीका लागि कार्यक्रम आयोजना गरिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुबेदिले बताए।विरोध प्रदर्सनमा नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे ,जिल्ला सचीव महेन्द्र पोखरेल,महासमिति सदस्य विष्णु पान्डे लगायतका जिल्ला तहका नेता तथा नेवि संघका जिल्ला पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।
सहभागीहरुले ,मरेर जल्नुमा र जलेर मर्नुमा फरक छ नि सरकार,मलाइ अर्को प्रेम आचार्य बन्न बाध्य नबानाउ सरकार ,लगायत कोटेसन लेखिएको ब्यानर सहित प्रदर्सन गरेका थिए।
आचार्यको आत्मदाहको श्रद्धाञ्जली सहित नेवि संघ नवलपुरको विरोध कार्यक्रम