कावासोती ,नवलपुर । कावासोती नगरपालिका वडा न २ मा रहेको लुम्बिनी आवासीय मा . वि. मा विद्यार्थीहरूका बीचमा निर्वाचन सम्पन्न भएको छ । विद्यालयमा स्कुल क्याप्टेन ,भाइस क्याप्टेन तथा हाउस क्याप्टेन छनोट विद्यार्थीहरुको मतदान बाट गर्नको लागि आजको मतदान प्रक्रिया कार्यक्रम गरिएको हो। सम्पन्न भएको निर्वाचनको नतिजा अनुसार विद्यालयको क्याप्टेन किस्मत आचार्य निर्बिरोध निर्वाचित भएका छन।
त्यस्तै विद्यालयको भाइस क्याप्टेनमा प्रिस्का गुरुङ १२६ मत, ओरेन्ज हाउसको क्याप्टेनमा सङ्गम महतो १६६ मत , ग्रीन हाउसको क्याप्टेनमा प्रज्वल ढुङ्गाना १४३ मत , यल्लो हाउसमा रोहन लोहर १६८ मत र रेड हाउसको क्याप्टेनमा जोनिशा ठाडा मगर १७० मतका साथ विजयी भएका छन । विद्यार्थीहरुलाइ विभिन्न रचनात्मक कार्यक्रममा सहभागी गराउने योजना अनरुप स्थानीय तह तथा अन्य निर्वाचनको प्रक्रिया र विधि अहिले बाटनै अभ्यास गराउने उद्देश्यले मतदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका संचालक त्रीलोक तिवारीले जानकारी दिएका छन।
लुम्बिनी आवासीय मा बि मा विद्यार्थीका बिचमा स्थानीय तहको झल्को दिने निर्वाचन