नवलपुर- ध्रुर्व जंग थापा
यहि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले २७ गते आइतवार राती १२ बजे देखी मौन अवधी लागु गर्ने भएको छ। आयोगले सो समयमा राजनैतिक दलका पदाधिकारी वा उमेदवार तथा दलको भातृ संगठन वा सम्वन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगाएत कुनै पनि प्रकारका छलफल अन्तरक्रिया , सभा , सम्मेलन कार्यशाला , गोष्ठी आदी गर्न नपाइने जनाएको छ। त्यसैगरी मतदान स्थलको तीन सय मिटर वरिपरि राजनैतिक दल वा उम्मेदवारको प्रचार प्रसारका सामाग्री राख्न नपाइने जनाएको छ। सामाजीक सञ्जाल, अनलाइन, छापा वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनी सन्देश, सुचना प्रचार प्रसार पोष्ट वा शेयर गर्न नपाइने जनाएको छ।