रंजीत शर्मा /नवलपरासी/२० वैशाख ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नं ०५ बैदौली बाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राऊ परेका छन्। आज करीब ११ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको UP 56 AN 3942 न. मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा फेला परेको हो । मोटरसाईकलको डिक्की भित्र रहेको झोलामा डाईजापाम - १७५ एम्पुल, फेनारगन - १७५ एम्पुल र नुफिन - १७५ एम्पुल अवैध लागुऔषध फेला पारेकोले तत्काल मोटर साईकल चालक भारत जिल्ला महाराजगंज ग्राम रेजिया वस्ने बर्ष २० को भोलु चौहान र सोही मोटरसाईकल पछाडी सवार भारत जिल्ला गोरखपुर ग्राम गोरखपुर बस्ने वर्ष १९ को राकेश सहानी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निजहरु दुबै जना विरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिएका छन्।