कावासोती,नवलपुर ।सिभिल बैंक कावासोती शाखाले एक विद्यालयलाइ खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।बैंकले कावासोती ६ मा रहेको जनता मावीलाई खेलकुद सामाग्री विहिबार हस्तान्तरण गरेको हो।सिभिल बैक कावासोती शाखाका लोन म्यानेजर सुदिप न्यौपाने र अपरेसन इन्चार्ज गिता सुबेदिले जनता मा वि का शिक्षक अभिभावक संघका अध्यक्ष शशिधर कंडेललाइ खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन। बैंकले केही थान भलिबल ,भलिवल नेट र जर्सी हस्तान्तरण गरेको लोन म्यानेजर सुदिप न्यौपानेले जानकारी दिए।खेलकुद सामाग्रीले विद्यालयले संचालन गर्न लागेको रास्ट्रपति रनिङ कप संचालन गर्न सहयोग गर्ने भन्दै कंडेलले बैकलाइ धन्यवाद ज्ञापन गरेका थिए।
सिभिल बैकद्वारा विद्यालयलाइ खेलकुद सामाग्री हस्तान्तरण