कावासोती।कावासोती ३ को शितल चौरमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको आजको अन्तिम क्वाटरफाइनल खेलमा हरियाली युवा क्लब रजहर बिजयी भएको छ।भानु युथ एकेडेमी क्लबको आयोजनामा जारी प्रतियोगिताको आजको खेलमा हरियाली क्लबले ४ गोल प्रहार गर्दा केउरेनी फुटबल क्लबले एक गोल मात्रै फर्काउन सफल रह्यो।
खेलमा म्यान अफ द म्याचको रुपमा हरियाली युवा क्लब रजहरका खेलाडी अमित श्रेष्ठ घोषित भएका थिए।प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेलहरु सकिएका छन भने भोलि बाटनै सेमिफाइनलका खेलहरु सुरु हुनेछ्न।प्रतियोगिताको पहिलो सेमिफाइनल भोलि ठिक २ बजे नमुना युवा क्लब र युनाइटेड युवा क्लब गिरुवारीका बिचमा हुने क्लबका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिएका छ्न।
भानु कपको आजको खेलमा हरियाली क्लब विजयी, पहिलो सेमिफाइनलमा भोलि नमुना र युनाइटेड भिड्दै