कावासोती। नवलपुरको कावासोतिमा भानु युथ एकेडेमीको आयोजना संचालन भैरहेको खुल्ला नकआउट फुटबल प्रतियोगिको हिजो भएको खेलहरुमा क्रमश युनाइटेड युवा क्लब गिरुवारी र नमुना युवा क्लब विजयी भएका छन।प्रतियोगिता अन्तर्गत हिजो भएका दुई खेल मध्री पहिलो खेलमा युनाइटेड क्लबले चन्द्रमुखी युवा क्लब अमलटारिलाइ हराएको हो भने दोस्रो खेलमा पेनाल्टी शुट आउटमा ४-३ गोल अन्तरले नमुना फुटबल क्लबले बाल स्टार हसौरालाइ पराजित गरेको हो।
हसौरालाइ हराएर नमुना युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ।हिजो भएको पहिलो खेलमा चन्द्रमुखि युवा क्लबका सुजन बोटे म्यान अफ द म्याच घोषित भएका छन भने दोस्रो खेलमा बाल स्टार हसौराका आषिस महतो म्यान अफ द म्याच चयन भएका थिए।प्रतियोगिता अन्तर्गत आज पनि क्वाटरफाइनलका दुई खेलहरु हुनेछन।आजको पहिलो खेल सेन्ट्रल अट्ठाइस बिगाहा युवा क्लबका बिरुद्ध प्रगती कला दलदलेका बिचमा रहनेछ भने दोस्रो खेलमा आयोजक बिरुद्द युनाइटेड युवा क्लब भिड्ने आयोजकले जानकारी दिएका छन।
भानु कप अपडेट: पहिलो क्वाटरफाइनलमा नमुना क्लब विजयी,आज पनि क्वाटरफाइनलका दुई खेल हुदै