कावासोती।कावासोती ३ मा रहेको शितल चौरमा जारी खुल्ला नक आउट प्रतियोगितामा हिजो भएको खेलमा सेन्ट्रल अट्ठाइस बिगाहा युवा क्लबले बुद्ध युवा क्लब देवदहलाई ६-१ ले पराजित गर्दै विजयी भएको छ।विजयी टिमका लागि मान बहादुर पाटा मगरले एक्लै तीन गोल गरेर प्रतियोगिताको दोस्रो ह्यट्रीक गर्न सफल भए।उनी खेलको म्यान अफ द म्याच समेत चुनिएर ट्रफी हात पार्न सफल रहे।
तेस्तै हिजै भएको दोस्रो खेलमा सनलाइट सामुदायिक विकास केन्द्र डण्डालाइ पेनाल्टी शुटआउटमा ३-२ ले हराउदै प्रगती कला दलदले पनि सुखद सुरुवात गरेको छ।निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारण गरिएको समय भित्र कुनै पनि टिमले नतिजा आफ्नो पक्षमा पार्न असफल भएपछी पेनाल्टी शुट आउट बाट प्रगती कला दलदले बिजयी भएको हो।
जारी प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम खेल युनाइटेड क्लब गिरुबारी र चन्द्रमुखी क्लब अमलटारीका बिचमा हुने आयोजकले जनाएको छ।अन्तिम खेल लगत्तै आजबाट नै क्वाटरफाइनलका खेल हरु समेत सुरु हुनेछन।क्वाटरफाइनलको पहिलो खेल आज बाल स्टार युवा क्लब हसौरा र नमुना युवा क्लबला बिचमा हुने आयोजक क्लब भानु युथ एकेडेमीका अध्यक्ष शुक बहादुर गुरुङले जानकारी दिएका छन।
भानु नकआउट फुटबल प्रतियोगितामा हिजो सेन्ट्रल र प्रगतिकला विजयी ,आजबाटै क्वाटरफाइनल सुरु