कावासोती । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नवलपुरको संयोजकका रुपमा सुरज सापकोटालाई चयन गरिएको छ।हिजो बसेको जिल्ला कार्यालय बैठकले सापकोटालाई संयोजकका रुपमा मनोनयन गरेको एमाले नेता तथा बिद्यार्थी विभागका इन्चार्ज भिम कंडेलले जानकारी दिएका छ्न। अन्य पदाधिकारी भने चयन भैसकेको छैन।सापकोटा यस अगि नेकपा फुटेर बनेको विद्यार्थी संगठनको नवलपुरको सह संयोजकको जिम्मेवारीमा रहेका थिए।नवलपुर संयोजक संगै सापकोटा जिल्ला अधिवेशन प्रतिनिधि समेत भएका छन ।
अनेरास्ववियु नवलपुरको संयोजकमा सुरज सापकोटा