कावासोती।नवलपुरको कावासोतीमा स्थापना भएर विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ कावासोती सप्तरङ्गीले सदस्यहरुलाइ चार्टर पिन वितरण तथा नियमित बैठक कार्यक्रम सप्पन्न गरेको छ।पौष १७ गते शनिबार कावासोतीको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा क्लबका एक्स्टेन्सन चेयर पर्सन तथा लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका अध्यक्ष सरोज खरेल तथा अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीको अध्यक्ष सरोज खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्सको बारेमा जानकारी दिने तथा क्लब संचालनको विषयमा जानकारी गराउदै खरेलले संस्थापक सदस्यहरु सबैलाइ पिन तथा वेलकम ब्रुसर हस्तान्तरण समेत गरेका थिए। लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष भोजराज भुर्तेल' किरण' को अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको संचालन क्लबका संस्थापक सचिब खेम सारु मगरले गरेका थिए।क्लबले छिटै लियो क्लब समेत स्थापना गर्न लागेको समेत संचालक मगरले जानकारी दिएका थिए।कार्यक्रममा क्लबका स
लायन्स क्लब अफ कावासोति सप्तरङ्गीको पिन हस्तान्तरण कार्यक्रम सम्पन्न