कावासोती।कावासोती नगरपालिकाको टुबोर्ग खेलमैदानमा जारी प्रथम खाना महोत्सब अन्तर्गत हिजो शंखध्वनी प्रतियोगिता सप्पन्न भएको छ।कुल ११ जना सहभागी प्रतियोगितामा रिसिराम बेल्बासे प्रथम,खुमाकान्त कंडेल दोस्रो र रितिक पाण्डे तेस्रो भएको प्रतियोगिताका निर्णायक गंगाधर न्यौपानेले जानकारी दिएका छन।
मौलिक धर्म संस्कृति तथा परम्परा संरक्षणका लागि आयोजना गरिएको प्रतियोगिताको निर्णायक मंडलको संयोजकका रुपमा नारायण काफ्ले रहेका थिए भने सदस्यहरुमा गंगाधर न्यौपाने ,रेशम पाण्डे र रेशम पराजुली रहेका थिए।प्रतियोगितामा बिजयी हरुलाइ नगद सहित पुरस्कार हस्तान्तरण गरिएको थियो।महोत्सव अन्तर्गत आज भजन प्रतियोगिता समेत आयोजना गरिएको छ।
प्रथम खाना महोत्सव अन्तर्गत शंखध्वनी प्रतियोगिता सप्पन्न ,प्रथम स्थानमा बेल्बासे