नेपाली काङ्ग्रेस नवलपुरका जिल्ला सभापती तथा प्रदेस सांसद बिस्णु प्रसाद लामिछाने गण्डकी प्रदेश कार्यसमितिको महामन्त्रीमा निर्वाचित भएको छन।केही समय अगाडि सकिएको मतगणनाको परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्द्वी प्रदेशका याताताय व्यवस्था मन्त्री कुमार खड्कालाई ८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन।अत्यन्तै कडा प्रतिस्पर्धाको बिचमा लामिछानेले झिनो मतान्तरले बाजि मारेका हुन।महामन्त्री पदमा लामिछानेले ५६४ मत प्राप्त गर्दा खड्काले ५५६ मत प्राप्त गरेका थिए।अगिल्लोपटकको महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित लामिछनेले थप ठूलो फड्को मार्दै प्रदेश महामन्त्री बन्न सफल भएका हुन।लामिछाने गण्डकी प्रर्देश विधायन समितिका प्रमुख समेत रहेका छन।
नवलपुरका काङ्ग्रेस सभापती लामिछाने गण्डकी प्रदेश महामन्त्रीमा निर्वाचित